PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

पशु बीमा र कृषि सडक निर्माण गर्न २८ करोड २० लाख विनियोजन, मधेश प्रदेशको बजेटको पूर्णपाठ



पहिलोपोस्ट

पशु बीमा र कृषि सडक निर्माण गर्न २८ करोड २० लाख विनियोजन, मधेश प्रदेशको बजेटको पूर्णपाठ

जनकपुरधाम : मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेशसभामा आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गरेका हुन्।

सरकारले विनियोजन गरेको कुल बजेटमध्ये चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६ दशमलव ४४ प्रतिशत र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात ५३ दशमलव २१ प्रतिशत बजेट छ।

वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार दुई सय, आन्तरिक राजस्वबाट चार अर्ब १८ करोड ९३ लाख ७५ हजार, कोषमा रहेको सञ्चितितर्फ ३८ करोड रहेको जनाइएको छ। नेपाल सरकारबाट राजस्व बाँडफाडबापत ११ अर्ब ६१ करोड ९८ लाख, समानीकरण अनुदानबापत सात अर्ब ८१ करोड ५८ लाख र चालु वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ९ अर्ब ६६ करोड रहेको जनाइएको छ।

विशेष अनुदानबाट ४९ करोड र सम्पुरक अनुदानबाट ७८ करोड, ससर्त अनुदानबाट १० अर्ब ६ करोड ९१ लाख र युनिसेफबाट प्राप्त हुने अनुदान चार करोड ३३ लाख ४७ हजार गरी ४५ अर्ब चार करोड ९९ लाख २८ हजार हुँदा १ अर्ब ८२ करोड १० लाख १८ हजार दुई मात्र ऋण देखिन्छ। सो ऋण पूर्ति गर्न अगामी वर्षमा आन्तिरक ऋण परिचालन गरिने बताइएको छ।

बजेटमा आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रको विकासका लागि प्रादेशिक कृषि गुरु योजना तयार पार्न ५० लाख र यस क्षेत्रलाई व्यावसायीकरण, यान्त्रिकीकरण गर्न १७ करोड ८२ लाख रुपैयाँ छुट्ट्याइएको मन्त्री साहले जानकारी दिए। यस्तै, पशु बीमा र कृषि सडकको निर्माण गर्न २८ करोड २० लाख बजेट विनियोजन गरिएको छ। कृषि ज्ञान केन्द्रलाई ७ करोड २८ लाख बजेट छुट्ट्याइएको छ।

सर्सत र समपूरक अनुदानका लागि तीन अर्ब ८७ करोड विनियोजन गरिएको छ। यो अनुदान स्थानीय तहहरूलाई दिइनेछ।

यस्तै, प्रदेशमा मुख्यमन्त्री किसान उत्थान कार्यक्रमका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। किसान उत्थान कार्यक्रमअन्तर्गत साना किसानहरूका लागि १५ करोड विनियोजन गरिएको छ।

बजेटको पूर्णपाठ :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell