PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

नेपालले टस जित्यो, अमेरिका ब्याटिङमा



पहिलोपोस्ट

नेपालले टस जित्यो, अमेरिका ब्याटिङमा
Photo: CAN

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिकोणात्मक सिरिजमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। अमेरिकाको पिअरल्याण्डस्थित मूसा क्रिकेट मैदानमा नेपालले टस जितेर घरेल टोलीलाई ब्याटिङको निम्ता दिएको हो।

सिरिजमा यस अघिको खेलमा नेपालले ओमनलाई हराएको थियो। त्यसअघिको खेलमा अमेरिकासँग म्याट टाइ भएको थियो भने पहिलो खेलमा ओमनसँग पराजय ब्यहोरेको थियो।

अर्कोतर्फ अमेरिकाले जारी सिरिजको पहिलो खेलमा ओमनलाई हराएको थियो भने दोस्रो खेलमा नेपालसँगको म्याच टाइ भएको थियो। पछिल्लो खेलमा अमेरिका ओमनसँग पराजित भएको थियो।

नेपालले अमेरिकासँगको खेलमा अघिल्लो खेलमा उतारेको प्लेइङ ११ बाट कुनै परिवर्तन गरेको छैन।

नेपाली टोली

कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम अन्सारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान), सागर ढकाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell