PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

एसपीपी सम्झौताबारे कुनै तयारी छैनः सेना



पहिलोपोस्ट

एसपीपी सम्झौताबारे कुनै तयारी छैनः सेना

काठमाडौंः नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे कुनै प्रक्रिया अघि नबढेको जनाएको छ। विज्ञप्ति जारी गर्दै सेनाले सम्झौताको कुनै प्रक्रिया अघि नबढेको जनाएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका क्रममा सम्झौताको तयारी भएको भन्दै आलोचना भइरहेका बेला सेनाले आरोप खण्डन गरेको हो।

सेनाको विज्ञप्तिमा भनिएको छ, 'एसपीपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्ने तर्फ कुनै प्रक्रिया समेत नभएको। साथै, नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भूराजनैतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्नेगरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा संचार जगतलाई जानकारी गराइन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell