PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

अमेरिकाले नेपाललाई दियो २ सय ४६ रनको लक्ष्य, करणले लिए ३ विकेट



पहिलोपोस्ट

अमेरिकाले नेपाललाई दियो २ सय ४६ रनको लक्ष्य, करणले लिए ३ विकेट
तस्बिर: क्यान

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आज जारी खेलमा अमेरिकाले नेपाललाई २ सय ४६ रनको लक्ष्य दिएको छ। अमेरिकाको टेक्ससस्थित मूसा क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको हो।

अमेरिकाका लागि गजनानन्द सिंहले सर्वाधिक ५८ रन बनाउँदा शुसान्त मोदनीले ५४ रनको योगदान दिए। त्यस्तै आरोन जोन्सले ४३, साइतेजा मुक्कामल्लाले ३६ रन बनाए। त्यस्तै निशर्ग पटेल १८ तथा क्यामरोन स्टेभेनसन १६ रनमा अविजित रहे।

बलिङतर्फ उच्च लयमा रहेका करण केसीले सर्वाधिक ३ विकेट लिँदा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। त्यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell