
काठमाडौं: आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको अमेरिकामा सम्पन्न त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ। अमेरिकाको टेक्ससस्थित मूसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाली टोली अमेरिकासँग ३९ रनले पराजित भएको हो।
अमेरिकाको टेक्ससस्थित मूसा क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४७.४ ओभरमा २०६ रनमा समेटियो।
सुरुवाति ब्याटिङ गरेको अमेरिकाका लागि अमेरिकाका लागि गजनानन्द सिंहले सर्वाधिक ५८ रन बनाउँदा शुसान्त मोदनीले ५४ रनको योगदान दिए। त्यस्तै आरोन जोन्सले ४३, साइतेजा मुक्कामल्लाले ३६ रन बनाए। त्यस्तै निशर्ग पटेल १८ तथा क्यामरोन स्टेभेनसन १६ रनमा अविजित रहे।
बलिङतर्फ उच्च लयमा रहेका करण केसीले सर्वाधिक ३ विकेट लिँदा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। त्यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।
जवाफी ब्याटीङमा उत्रिएकव नेपालले ओपनर द्वय कुशल भुर्तेल र आशिफ शेखलाई क्रमश १० र १८ रनमा गुमाएको थियो। त्यसपछि आएका देव खनालले ३४ रन बनाए पनि मुख्य ब्याट्यसम्यान रोहितकुमार पौडेल १६ र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए। त्यसपछी आएका आरिफ शेखर सोमपाल कामीले साझेदारी बनाउँदै नेपालको पारि उकास्ने प्रयास गरे पनि लक्ष्यसम्म पुग्न त्यो पर्याप्त रहेन। शेखले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६३ रन बनाउँदा सोमपाल कामी ४७ रन बनाएर रन आउट भए। त्यसपछीका ब्याटरले दोहोरो अंकको रन जोड्न नसक्दा नेपाल २०६ रनमा समेटियो।
नेपाललाई लक्ष्यसम्म पुग्न नदिन अमेरिकामा शौरभ नेत्रभाल्कर र अलि खानले समान ३ विकेट लिँदा नोस्टुस केन्जिगे र निसर्ग पटेलले समान १ विकेट लिए।
योसँगै अमेरिकामा नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सकिएको छ। यो सिरिज सकिँदा लिग २ को अंकतालिकामा ओमनले ३६ खेलबाट ४४ अंक जोड्दै शीर्षस्थानमा छ भने अमेरिका २४ खेलबाट २३ अंक जोडेर चौथो र नेपाल १६ खेलबाट १५ अंक जोडेर पाँचौ स्थानमा छ।
लिग २ अन्तर्गत नेपालले जुलाइ महिनामा नामिबिया र स्कटल्याण्डसँग सिरिज खेल्नेछ।