
भारतमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा भारतमा १२ हजार २१३ जनामा संक्रमण देखिएको छ। यस्तै, ११ जना संक्रमितको मृत्यु भएको छ।
एक दिनमा ७ हजार ६२४ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभार ५८ हजार २१५ जना सक्रिय कोरोना संक्रमित छन्। दैनिक पोजिटिभिटी दर २.३५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पहिलाको कोरोना लहरमा झै अहिले धेरै गाह्रो परिस्थिति नभए पनि मानिसहरुलाई सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ।