PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

चितवनको जंगलमा निगुरो टिप्न गएकी महिला सम्पर्कविहिन, बाघले लगेको आशंकामा प्रहरी र सेनाको टोलीले खोजी गर्दै



पहिलोपोस्ट

चितवनको जंगलमा निगुरो टिप्न गएकी महिला सम्पर्कविहिन, बाघले लगेको आशंकामा प्रहरी र सेनाको टोलीले खोजी गर्दै

काठमाडौंः चितवन भरतपुरमा निगुरो टिप्न जंगल गएकी एक महिलालाई बाघले लगेको आशंकामा खोजी भइरहेको छ।

आज बिहान ७ बजेतिर भतरपुर महानगरपालिका बस्ने २३ वर्षीय रेखा बस्नेत ९/१० जना महिला मिलेर राधा कृष्ण मध्यवर्ती सामुदायिक बनमा निगुरो टिप्न गएकी थिइन्। बस्नेतलाई बाघले जंगलतर्फ लगेको भन्ने सुचना आएपछि प्रहरीको टोली खोजीमा लागेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारीले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय दिब्यनगर बाट प्रनानि, ईप्रका फुलवरी चितवनबाट प्रहरी निरीक्षकको टोली र खडगदल गण मेघौलीबाट नेपाली सेनाको मेजरको कमाण्डको टोली समेत खोजी गरिरहेको छ। जंगल भित्र जानको लागि हात्ती मगाएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell