PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

यमनी नागरिक र संस्थामाथि साउदी अरेबियाको प्रतिबन्ध, हुथी विद्रोहीलाई सहयोग गरेको आरोप



पहिलोपोस्ट

यमनी नागरिक र संस्थामाथि साउदी अरेबियाको प्रतिबन्ध, हुथी विद्रोहीलाई सहयोग गरेको आरोप
Map photo : Aljazeera

साउदी अरबले ८ जना यमनी नागरिक र ११ संस्थामाथि प्रतिबन्ध लगाएको छ। इरान समर्थित हुथी विद्रोहीहरुलाई सहयोग गरेको आरोपमा उनीहरुमाथि प्रतिबन्ध लगाएइएको त्यहाँको प्रेसिडेन्सी अफ स्टेट सिक्युरेटीले जनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

हुथी विद्रोहीलाई इरानको समर्थन रहेको बताइन्छ। साउदी र इरानबिच पछिल्लो समय फेरि विवाद बढ्दै जाँदा यो कारवाही अघि बढाइएको हो।

प्रतिबन्ध लगाइएकाहरुमा साले बिन मोहम्मद बिन हमद बिन शाजेया, नबिल बिन अब्दुल्लाह बिन अली अल वजीर, इस्माइल बिन इब्राहिम अल वजीर, बुसे बिन इब्राहिम अल वजीर लगायत यमनी नागरिक छन्। उनीहरुमाथि हुथी विद्रोहीलाई वित्तिय सहायता गरेको र इन्धनको तस्करीमा सहभागी भएको आरोप लगाइएको छ। प्रतिबन्ध लगाइएका मध्ये चारजना अल कायदासँग संलग्न रहेको साउदीले जनाएको छ।

यस्तै, यमन टावर्स एन्ड ब्ल्याक गोल कम्पनी, आयल प्राइमर, यमन एबट ट्रेडिङ कम्पनी लिमिटेड लगायत ११ संस्थालाई पनि प्रतिबन्ध लगाइएको छ। प्रतिबन्धित सबै संस्थाहरुको मुख्यालय यमनमा रहेको छ। उनीहरुमाथि पनि हुथी विद्रोहीलाई वित्तिय सहयोग गरेको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell