दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ रुवाखोलामा पुलबाट आज बिहान ४:३० बजे टिपर खस्दा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा म्याग्दे गाउँपालिका-६ मनपाङ बस्ने ४७ वर्षीय रामबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मुग्लिनतर्फबाट आँबुखैरेनी आउँदै गरेको ग १ क ४४६९ नम्बरको मिनी टिपर पुलबाट अनियन्त्रित भई २०/२५ मिटर तल खस्दा घाइते दमैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बिहान ६:१० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।