PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

चुनाव मात्रै लडेनौं अधिनायकवादविरुद्ध पनि लड्यौं : ओली, 'बदरलाई सदर गरिएको स्थिति सामना गरियो'



पहिलोपोस्ट

चुनाव मात्रै लडेनौं अधिनायकवादविरुद्ध पनि लड्यौं : ओली, 'बदरलाई सदर गरिएको स्थिति सामना गरियो'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग भएको आरोप लगाएका छन्। स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन पार्टीले पैसाको व्यापक दुरुपयोग गर्दा पनि एमालेले चुनाव जितेको बताए।

'संसद कब्जा गर्ने अपराधिक क्रियाकलाप, राज्य शक्तिको दुरुपयोग गरेर। पैसाको व्यापक वितरण गरेर पैसाको दुरुपयोग भयो। हामीले लडेको चुनाव। हामी चुनाव मात्रै लडेनौं एउटा अधिनायक वादका विरुद्ध लडनुपर्‍यो,'ओलीको आरोप छ। अधिनायकवादी तानाशाही र दमनकारी शासकका विरुद्ध एमाले लडेको ओलीको भनाइ छ। एमालेका विरुद्ध सबै प्रतिक्रियावादी मिलेको उनको आरोप थियो। भने,'सम्पूर्ण प्रतिक्रियावादी एमालेविरुद्ध लागेको स्थिति। बुथ कब्जा गरिएको स्थिति। बदरलाई सदर गरिएको स्थिति यि सबैको सामाना गरिएको हो।'

उनले एमालेका जनप्रतिनिधिले महासंग्राम जितेर आएको भन्दै बधाई दिए। लोकतान्त्रिक अभ्यासको क्रममा चरम तानाशाही देखिएको ओलीको भनाइ छ। उनले अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा मन्त्रालय बाहिरका व्यक्ति राखेको प्रसंग पनि आजको सम्बोधनमा उठाए।

भने,'लोकतान्त्रिक अभ्यासका क्रममा देखिएको चरम तानाशाही भ्रष्ट र नैतिकताको सीमा पार गरेको। विश्वमा कहि नसुनिएको बजेट बनाउने अधिकारी होइन। बाहिरका अधिकारी राखेर बनाइन्छ। बजेट अर्थमन्त्री सचिव आदीले तयार गर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell