PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

अर्थमन्त्रीको राजीनामा माग्दै एमालेले गर्‍यो संसद बहिस्कार

अर्थमन्त्रीको राजीनामा माग्दै एमालेले गर्‍यो संसद बहिस्कार

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद बहिस्कार गरेको छ। आज जारी प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै एमाले सांसदहरुले बैठक बहिस्कार गरेका हुन्।

एमालेले बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिलाई समावेश गरी अनाधिकृत रुपमा करका दररेट घटबढ गरेको आरोप लगाउँदै आएको छ। एमालेको सो आरोप अर्थमन्त्री जनार्दन शर्माले अस्वीकार गर्दै आएका छन् भने आज पनि बैठकका क्रममा उनले अस्वीकार गरेका थिए।

आज प्रतिनिधिसभामा सांसदहरुले उठाएको मन्त्रालयसम्बन्धि प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले करको दर छलफल गरेरै निर्धारण गरेको बताएका हुन्।

'राजस्वको दरहरु परिवर्तन गर्ने सन्दर्भमा आवश्यक प्रकृयाहरु छन् त्यसमा सम्बन्धित विभागिय प्रमुखहरु र सचिवहरु सहितको कमिटीले त्यसलाई बसेर गर्ने प्रचलन रहेको छ। त्यसअनुसार भएका दररेटहरु प्रति म पूर्ण जिम्मेवार छु जवाफदेही छु। त्यसमा कतै राष्ट्रघात भएको छ या कतै गद्दार भएको छ भने त्यसको सम्पूर्ण जिम्मेवारी लिन म तयार छु यहाँ कुनै राष्ट्रघात भएको छैन,' उनले भनेका थिए।

त्यसपछि एमाले सांसदहरुले अर्थमन्त्रीको राजीनामा माग्दै बैठक बहिष्कार गरेका हुन्। एमालेले सभामुख अग्नि सापकोटाले निर्वाह गरेको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell