PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विशाल भट्टराईले अर्थमन्त्रीले 'गद्दारी' गरेको भनेपछि सभामुखले तत्कालै हटाए संसदको रेकर्डबाट



पहिलोपोस्ट

विशाल भट्टराईले अर्थमन्त्रीले 'गद्दारी' गरेको भनेपछि सभामुखले तत्कालै हटाए संसदको रेकर्डबाट

काठमाडौं : नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले असंसदीय शब्द बोलेको भन्दै सभामुख अग्नि सापकोटाले रेडकर्डबाट हटाउन निर्देशन दिएका छन्।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा एमालेले अवरोध गरिरहेको छ। भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा 'देशप्रतिको गद्दारी' गरेको भनेपछि सभामुखले भट्टराईले बोलेको शब्द असंसदीय भएको भन्दै रोकेका थिए। सभामुखले शब्द हटाएको जानकारी दिएपछि भट्टराईले आफूले बोलेको शब्द असंसदीय शब्द नभएको दाबी गरेका थिए।

'देश प्रतिको गरेको गद्दारी शब्द कुनै हालतमा असंसदीय हुदैन्। अनधिकृत व्यक्ति मध्यरात अर्थमन्त्रालयमा पशेको कुरा राष्ट्रघात हुन्छ कि मैले प्रयोग गरेको शब्द राष्ट्रघात हुन्छ,'उनले भने।

एमालेले बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिलाई समावेश गरी अनाधिकृत रुपमा करका दररेट घटबढ गरेको आरोप लगाउँदै आएको छ। एमालेको सो आरोप अर्थमन्त्री जनार्दन शर्माले अस्वीकार गर्दै आएका छन् भने आज पनि बैठकका क्रममा उनले अस्वीकार गरेका थिए। शर्माले आफूले राष्ट्रघात नभएको बताएका छन्। आज प्रतिनिधिसभामा सांसदहरुले उठाएको मन्त्रालयसम्बन्धि प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले करको दर छलफल गरेरै निर्धारण गरेको बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell