PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

कोरोना बीमाको भुक्तानी गर्न तालिका बनेको भनेर अर्थमन्त्रीले ढाँटे, बजेटमा छैन विनियोजन



पहिलोपोस्ट

कोरोना बीमाको भुक्तानी गर्न तालिका बनेको भनेर अर्थमन्त्रीले ढाँटे, बजेटमा छैन विनियोजन

काठमाडौं: अर्थमन्त्रीले कोरोना बीमाको दाबी भुक्तानीका लागि कार्यतालिका बनेको दाबी गरेका छन्। प्रतिनिधिसभामा उठेका प्रश्नको जबाफ दिँदै अर्थमन्त्री जनार्द्धन शर्माले कोरोना बीमाको दाबी भुक्तानी बारे कर्मकाण्डी जवाफ दिएका हुन्।

उनले बीमा समिति र बीमा कम्पनीसँग भुक्तानी बारे छलफल भएको बताए। त्यसै अनुसार भुक्तानी तालिका बनेको दाबी गरे। यद्यपी अहिलेसम्म त्यस्तो तालिका बनेको छैन।

सरकारले आफ्नो तर्फबाट दिनु पर्ने १३ अर्ब रकम नदिएका कारण कोरोनाको दाबी भुक्तनी भएको छैन। प्रिमियम लिइसकेका बीमा कम्पनीहरुलाई पनि भुक्तानीका लागि भनिएको छैन। जबकी बीमा कम्पनीहरुले आफ्ना लगानीकर्तालाई नाफाबाट लाभांश दिइरहेका छन्। तर पहिलो दायित्वमा रहेको दाबी भुक्तानी भने गरेका छैनन्।

यसैबीच अर्थमन्त्रीले बजेटमा एक रुपैयाँ नछुट्याए पनि भुक्तानी तालिका बनेको दाबी गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell