PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

खगेन्द्रको 'पानीफोटो' को टिजर सार्वजनिक, बेपत्ता छोरा खोज्न हिँडेका बुवाआमाको कथा



पहिलोपोस्ट

खगेन्द्रको 'पानीफोटो' को टिजर सार्वजनिक, बेपत्ता छोरा खोज्न हिँडेका बुवाआमाको कथा

मेनुका प्रधान भन्छिन् ,‘लोग्ने मान्छे र स्वास्नी मान्छेसँगै भएपछि दु:ख हुने रैछ।’

अनि अनुप बराल भन्छन्, के भन्छे यो ?

मेनुकाको जवाफ हुन्छ, ‘हाम्रो बिहे नभएको भए छोरा जन्मिथिएन। छोरा नजन्मेको भए यसरी खोज्दै हिँड्नु पर्दैन् थियो क्यारे।’

यो संवाद हो फिल्म ‘पानीफोटो’ टिजरको। अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको फिल्म ‘पानीफोटो’को टिजर आज सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा बेपत्ता भएका छोराको खोजी र पर्खाइमा बसेका आमाबुवाको कथा देखाइएको छ।

गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’मै आधारित भएर यो फिल्म बनेको हो। आफूले नै लेखेको नाटकलाई खगेन्द्रले फिल्म बनाएका हुन्।‘पानीफोटो’ले माओवादी ‘जनयुद्ध’को समयमा बेपत्ता भएका छोराको पर्खाइमा बसेका बाआमाको कथा भन्ने उनले बताए।

‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससँग सहकार्य गरेको छ। फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन्।

फिल्ममा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका  प्रधान र मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ्ग, बुद्धि तामाङ्ग, रमेश अधिकारी, कमलमणी नेपाल, अनुज पाण्डे, राधा श्रेष्ठ, श्याम कुमार खड्का लगायतका कलाकारहरूको अभिनय छ। दीपक बज्राचार्यको छायाङ्कन रहेको यो फिल्म साउन १३ गतेदेखि प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell