PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

दक्षिण अफ्रिकाबाट दुबई हुँदै नेपाल र त्यसपछि भारतमा लागू औषध तस्करी, ५१ किलो हिरोइन सहित ७ जना विदेशी नागरिक पक्राउ



पहिलोपोस्ट

दक्षिण अफ्रिकाबाट दुबई हुँदै नेपाल र त्यसपछि भारतमा लागू औषध तस्करी,  ५१ किलो हिरोइन सहित ७ जना विदेशी नागरिक पक्राउ

काठमाडौं : प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। दक्षिण अफ्रिकाबाट दुबई हुँदै नेपाल आएका ७ जना महिलालाई लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो। पक्राउ पर्नेमा २९ देखि ४७ वर्षकी महिला छन्।

यी महिलाहरु ६ वटा समूहबाट संचालित भएको प्रहरी अनुसन्धानका खुलेको छ। ती समूह संचालन गर्ने पाँचजनालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथमा सेतो हिरोइन र खैरो हिरोइन भेटिएको छ। बरामद लागू औषधमा सेतो हिरोइन ४९ किलो र खैरो हिरोइन २ किलो रहेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उनीहरु अफ्रिकाबाट दुबई र दुबईबाट नेपालहुँदै हुँदै भारत जाने देखिएको प्रहरीले जनाएको छ।  

काठमाडौंको ठमेल र त्यसको वरपर गरिसएको एक हप्ता लामो अपरेसनका क्रममा विदेशी नागरिकहरु पक्राउ परेका हुन्। फ्लाइ दुबईको उडान हुँदै विभिन्न मितिमा ती महिलाहरु नेपाल आएका थिए। यस्तै, कतार एयरलाइन्स हुँदै पनि एक महिला लागू औषध सहित काठमाडौं ओर्लिएकी थिइन्। सबै महिलाहरुबाट बरामद हिरोइनको बजार मूल्य १ अरब २ करोड रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैविरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौं जिल्ल अदालतबाट ७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell