PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न गैरआवासीय नेपालीलाई देउवाको आग्रह, नेपालमा डलर खाता खोल्न गरे अपिल



पहिलोपोस्ट

मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न गैरआवासीय नेपालीलाई देउवाको आग्रह, नेपालमा डलर खाता खोल्न गरे अपिल

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संसारभर रहेका नेपालीहरुलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न आग्रह गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार सेमिनारमा देउवाले दायित्व निर्वाह गर्न नेपालमा डलर खाता खोल्न तथा बचत पत्र किन्न अपिल गरेका हुन्। विदेशमा बसेका नेपालीहरुलाई नेपालमा डलर खाता खोल्न सहज गरिएको उनको भनाइ थियो।

नेपाल र नेपालीलाई अप्ठ्यारो परेको बेला एनआरएनएले सहयोग पुर्‍याएकोमा नेपाल सरकार कृतज्ञ रहेको उनले बताए। विदेशीहरुमाझ नेपालको पर्यटनको प्रवर्द्धन गर्न सहयोग गर्दै आएको भन्दै उनले विकास निर्माणमा समेत एनआरएनएको योगदान रहेको संमरण गरे।

धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरुको लागि खुला गर्न कानुनी व्यवस्था मिलाउने कुरा बजेटमा समेटिएको देउवाले जानकारी दिए। बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निश्कासनमा १० प्रतिशत सेयर आरक्षण गर्ने व्यवस्था पनि गरिएको उनले बताए।

यसैगरी, बैदेशिक लगानीसम्बन्धि कानुन तथा प्रकृयामा सुधार गर्ने, उद्योग स्थापनाको लागि आवश्यक जग्गाको हदबन्दी व्यवस्था पुनरावलोकन गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।

उनले भने, ‘गैरआवासीय नेपालीहरुको लागि नागरिकताको विषयलाई सबैपक्षसँग समन्वय गरी यथाशिघ्र संबोधन गर्नेछु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell