PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

निफको छैटौं संस्करणको लागि आवेदन खुल्यो

निफको छैटौं संस्करणको लागि आवेदन खुल्यो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौं संस्करणको लागि आवेदन खुला भएको छ। आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिस्ठानले एक प्रेस विज्ञप्ति निकाल्दै आवेदन खुला भएको जानकारी दिएको हो।

‘कथाहरूको उत्सव’ भन्ने नारा रहेको निफको छैटौं संस्करणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्महरूले आवेदन भर्न पाउनेछन्। साथै राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर फिल्मको आवेदन समेत दिन सकिनेछ।

फेस्टिभलमा सहभागी हुने इच्छुक फिल्मकर्मीले आगामी पुस १० गतेसम्म अनलाइन प्याल्टफर्ममार्फत आवेदन दिन सकिने अध्यक्ष केपी पाठकले जानकारी दिए।

निफमा फिल्मकर्मीले पठाएको फिचर फिल्म ६० मिनेट देखि १२० मिनेट लामो, सर्ट फिल्म ३० मिनेटभन्दा कम र डकुमेन्ट्री ६० मिनेट भन्दा कम हुनुपर्नेछ। निफको छैटौं संस्करण २०२३ मार्च १६ देखि २० सम्म (चैत्र २- ६ गते) काठमाडौंमा हुने समेत बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell