PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित



पहिलोपोस्ट

प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित

काठमाडौं : प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएको छ। सरकारले जेठ १५ गते संघिय संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गरेको थियो।  

मन्त्रालयगत छलफलपछि प्रतिनिधि सभाबाट बहुमतले विधेयक पारित भएको हो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहिष्कारबिच बजेट पारित भएको हो।

एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै बैठक बहिष्कार गरेको थियो। अर्थमन्त्री शर्माले असम्बन्धित व्यक्तिलाई बजेट निर्माण प्रक्रियामा सहभागी गराएको भन्दै एमालेका सांसदहरुले विरोध जनाएका थिए। बजेट गोपनीयता भंगबारे छानबिन समिति गठन गर्न नमानेकोले बैठक छाडेर हिँडेका थिए।

अर्थमन्त्रीले जवाफ दिने क्रममा पनि एमालेले बैठक बहिस्कार गरेको थियो। अब बजेटका तीन आश्रित विधेयक पारित हुन बाँकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell