काठमाडौं : इन्डियन आयल निगम (आइओसी)ले बिहीवार पेट्रोलियम पदार्थको मूल्य थप बढाएर पठाएको छ।
नयाँ दरअनुसार पेट्रोलको मूल्य औसतमा प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेल १९.०३ रुपैयाँ र हवाइ इन्धन १९.९१ रुपैयाँले बढेर आएको छ।
नयाँ लागत मूल्य अनुसार निगमको मासिक घाटा करिब ९ अर्ब ६४ करोड रुपैयाँ पुग्ने देखिएको छ।
निगमले पाक्षिक अनुमानित घाटा चार अर्ब ८१ करोड ९१ लाख रुपैयाँ हुने विज्ञप्तिमा उल्लेख गरेको छ। जसमा डिजेलबाट सबैभन्दा धेरै (२.९१५३ अर्ब) घाटा छ भने सोपछि एलपी ग्यास र पेट्रोलमा क्रमशः एक अर्ब १४ करोड र करिब ९५ करोड रुपैयाँ रहेको छ।
यस्तो छ नयाँ खरिद लागत, बिक्री मूल्य र नाफा/घाटा :