PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

मिनी संसदमा प्रवेश गर्दै एसपीपीः परराष्ट्र मन्त्री र प्रधान सेनापतिलाई छलफलमा बोलाइयो



पहिलोपोस्ट

मिनी संसदमा प्रवेश गर्दै एसपीपीः परराष्ट्र मन्त्री र प्रधान सेनापतिलाई छलफलमा बोलाइयो

काठमाडौंः अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवादमा सडक र सदन तातेको छ। सम्झौताको सरकारले तयारी गरेको भन्दै सदनमा सत्तापक्ष तथा प्रतिपक्ष दुबैका सांसदले प्रधानमन्त्रीसँग जवाफ माग गरिरहेका छन्। विपक्षी दलले चरणवद्ध रुपमा विवादबारे प्रश्न उठाएको छ। तर, प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म विवादबारे जानकारी दिइएको छैन। 

सदनमा विवाद बढ्दै जाँदा सरकारका केही मन्त्रीहरुले कुनै सम्झौता नभएको र गर्ने तयारी समेत नरहेको जवाफ दिइरहेका छन्। बुधबार र बिहीबार प्रतिनिधि सभामा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द शर्मा कोइराला, परराष्ट्र मन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण लगायतले सम्झौताको कुनै प्रस्ताव नरहेको बताएका थिए। तर, प्रतिपक्षले बिहीबार पनि प्रधानमन्त्रीको जवाफ माग गरेको थियो। 

मन्त्रीहरुको जवाफसँगै नेपाली सेनाले पनि तयारीबारेको समाचार खण्डन गरेको थियो। 

तर, बिहीबार सञ्चार माध्यमहरुमा तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सहभागिताको पत्राचार गरेको कागज बाहिरिएको छ। उक्त कागजबारे सेनाले औपचारिक रुपमा कुनै प्रतिक्रिया जनाएको छैन। 

सर्वपक्षीय रुपमा विवाद बढ्दै जाँदा संसदीय समितिले पनि विषयलाई प्रवेश गराएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार परराष्ट्र मन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालाई छलफलमा बोलाएको छ। 

समिति सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमण र एसपीपी सम्झौताबारे छलफलका लागि बैठक बोलाइएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell