PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

वीरगंजमा विपद् व्यस्थापन तयारीको पूर्व अभ्यास [तस्विरहरु]



पहिलोपोस्ट

वीरगंजमा विपद् व्यस्थापन तयारीको पूर्व अभ्यास [तस्विरहरु]

वीरगंजः वीरगंजमा विपद व्यस्थापनसम्बन्धी प्रदर्शन तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। जिल्ला विपद् व्यस्थापन समिति पर्साको आयोजनामा वीरगंजको आदर्शनगरस्थित पुरानो बसपार्क तथा घडिअर्वा पोखरीमा विभिन्न प्राकृतिक प्रकोपमा गरिने उद्धार कार्य तथा अपनाउनु पर्ने सतर्कताबारे प्रदर्शनी तथा जनचेतना कार्यक्रम गरिएको हो।  

जिल्लास्थित सुरक्षा निकायको उद्धार टोली तथा सरोकारवालाको संयुक्त प्रयासमा कार्यक्रम गरिएको हो। प्राकृतिक प्रकोप भूकम्प तथा विभिन्न घटनामा घाइतेहरुलाई कसरी उद्धार गरी प्राथमिक उपचार गरी अस्पताल पुर्‍याउने, आगलागी नियन्त्रणको उपाय तथा सतर्कता, बाढी तथा डुबानको समयमा अपनाउनुपर्ने सतर्कताबारे प्रदर्शन गरिएको हो।

घाइतेहरुको उद्धार तथा आगलागी नियन्त्रणको प्रदर्शन पुरानो बसपार्कमा भएको थियो भने बाढी डुबानको प्रदर्शन घडिअर्वामा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell