PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

निहारिकाको मुद्दामा उच्च अदालत दियो झगडिया झिकाउने आदेश



पहिलोपोस्ट

निहारिकाको मुद्दामा उच्च अदालत दियो झगडिया झिकाउने आदेश

जनकपुरधामः एक सातादेखि काठमाडौंमा अनशनरत कुमारी आमा निहारिका सिंह राजपुतको मुद्दामा उच्च अदालत जनकपुरले आरोपितलाई झिकाउन आदेश दिएको छ।

न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले आरोपित शिवराज श्रेष्ठलाई १५ दिनभित्र झिकाउने आदेश दिएको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए।

जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलले उच्चमा २०७८ फागुन १५ गते मुद्दा पुनरावेदन गरेको थियो। जिल्ला अदालतले आरोपित श्रेष्ठलाई सफाइ दिएको थियो। २०७८ माघ २४ गते जिल्ला अदालतले श्रेष्ठलाई सफाइ दिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell