PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

एसपीपी च्याप्टर इन्ड भइसक्यो, प्रधानमन्त्रीले हुँदैन भनेपछि सकियो : परराष्ट्रमन्त्री खड्का



प्रकाश भण्डारी

एसपीपी च्याप्टर इन्ड भइसक्यो, प्रधानमन्त्रीले हुँदैन भनेपछि सकियो : परराष्ट्रमन्त्री खड्का

काठमाडौं : परराष्ट्र मन्त्री डा नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विवाद अन्त्य भइसकेको बताएका छन्। संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री तहबाटै यस्तो सम्झौता हुँदैन भनिसकेपछि यसको च्याप्टर इन्ड भएको तर्क प्रस्तुत गरेका हुन्। 'च्याप्टर इन्ड भइसकेको विषय हो। प्रमका तहबाट पनि हुँदैन भनिसकेपछि,' बैठकमा मन्त्री खड्काले भने,'फेरि के हो कस्तो हो भन्ने कुरा हुने छैन। अझ बढी नाङ्गो पार्न आवश्यक छैन।'

प्रतिपक्षले सदनमा एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ मागेको थियो। पछि विवाद बढ्दै जाँदा संसदीय समितिले पनि विषयलाई प्रवेश गराएको हो। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अहिले परराष्ट्र मन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मासँग यस विषयमा छलफल शुरु गरेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell