PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एसपीपीबारे प्रधान सेनापति शर्माको जवाफ : सेनाको लागि पनि यो मान्य छैन र यो आएको पनि छैन



प्रकाश भण्डारी

एसपीपीबारे प्रधान सेनापति शर्माको जवाफ : सेनाको लागि पनि यो मान्य छैन र यो आएको पनि छैन

काठमाडौं : नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता भइनसेको बताएका छन्। संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिको बैठकमामा प्रधान सेनापति शर्माले यस्तो धारणा राखेका हुन्।

सेनाले लेखेको चिठी सत्य भएको उल्लेख गर्दै शर्माले पत्रचार गर्दैमा सैन्य गठबन्धन हुन नसक्ने तर्क गरे। 'सेनाले लेखेको चिठी बाहिर निस्केर सनसनी फैलिएको छ। त्यो सत्य हो सेनाले लेखेकै छ,' प्रधान सेनापति शर्माले भने। शर्माले यो भूकम्पको समयमा लेखेको चिठी भएकोसमेत प्रष्ट पारे। 'कस्तो अवस्थामा लेखिएको छ भने भूकम्प आएर २७ देशका सैनिक गैरसैनिक सहयोग गरेर आएका थिए। यो चिठी लेख्दैमा मिलिटरी अलाइन्स हुने कुरा लेखिएको छैन,' उनले भने, 'पछि यसैलाई आधार मानेर दुइवटा चिठी लेखिएको हो। नेपाली सेनालाई आवश्यक पर्ने चिज ल्याउनलाई अमेरिकी सरकारले स्टेट पार्टनरसिप प्रोग्राम दिने भएकाले लेखिएको हो।'

प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदनमा एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ मागेको थियो। पछि विवाद बढ्दै जाँदा संसदीय समितिले पनि विषयलाई प्रवेश गराएको हो। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अहिले परराष्ट्र मन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मासँग यस विषयमा छलफल शुरु गरेको हो। रक्षा मन्त्रीको स्विकृति लिएर नै चिठी लेखिएकोसमेत शर्माले दाबी गरे।

'सैनिक गठबन्धन गर्ने कुरा होइन। क्रियाकलाप गर्दाखेरि पनि नेपाल सरकारको रक्षा मन्त्रीको स्विकृति लिएर पत्र लेखिएको छ। त्यसै लेखिएको होइन,' शर्माले भने, 'एसपीपी फेर्नपर्छ भनेर नेपाल सरकारलाई पत्र लेखेको थियो पत्र बकाइदा मसँग छ। आइपीएसमा गएपछि हामीलाई अप्ठेरो पर्छ कि भनेर औपचारिक चिठी नै लेखेको छ।'

यही कार्यक्रमबाट सेनालाई दुई वटा जहाज आएकोसमेत उनले बताए। तर हतियार गोली भने नआएको उनले बताए। 'यही प्रोग्राम अन्तर्गत दुइवटा जहाज आएको छ अमेरिकी सेनाबाट। औजार आएका छन् हतियार गोली पनि आएको छैन,' उनले भने। एसपीपी सम्झौता भनी बजारमा आएको १० बुँदे नक्कली भएको उनको भनाई थियो। 'बजारमा १० बुँदे लेखेर आएको छ त्यो गलत हो। दिएको सम्झौताको अंश होइन त्यो। मन्त्रालयसँग छलफल नगरी हामीले त्यस्तो गम्भीर कुरा गर्ने गरेको छैन,' शर्माले भने।

प्रधान सेनापछि शर्मा भोलिबाट विदेश भ्रमणमा निस्कँदै छन्। लेबनान हुँदै अमेरिका जान लागेका उनले यो मैत्रीपूर्ण भ्रमण भएकोसमेत बताए। 'म भोलिबाट सोझै अमेरिका जान लागेको होइन। लेबनानमा भएको नेपाली सेनाको निरिक्षणका लागि जाँदै छु। त्यसपछि अमेरिका जाने छु,' शर्माले भने, 'अमेरिका भ्रमण अमेरिकी सेनासँगको सम्बन्ध सहयोग पुग्ने हिसाबले हुन लागेको हो। मैले सही गरेर गर्ने कुनै कार्यक्रम छैन। नेपाली सेनालाई तुरुन्तै केही दिने कार्यक्रम केही छैन। यो मैत्रीपूर्ण भ्रमण हो। एसपीपी हाम्रो लागि पनि मान्य छैन। यो आएकै छैन सरकारी रुपमा। यो होइन भन्ने प्रमाणित गर्न चाहन्छु। एसपीपीमा मानवीय सहोयोगका लागि मागेको हो सैन्य गठबन्धनका लागि मान्य छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell