PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

'नालापानी' कार्तिक ४ गते रिलिज हुने



पहिलोपोस्ट

 'नालापानी' कार्तिक ४ गते रिलिज हुने

काठमाडौं: फिल्म ‘नालापानी’को रिलिज मिति तय भएको छ। यो फिल्म तिहारको अवसर पारेर कार्तिक ४ गते रिलिज हुने पक्का भएको हो।

‍सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण भएको निर्देशक रिमेश अधिकारीले जानकारी दिए। यो फिल्मले चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’  स्पेशल अवार्ड समेत पाएको थियो।

फिल्मको लागि अनुसन्धान र लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्। फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया लगायतका कलाकारहरूको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell