PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एसपीपीबारे थप छलफलका लागि संसदीय समितिले डाक्यो प्रधानमन्त्री देउवालाई



प्रकाश भण्डारी

एसपीपीबारे थप छलफलका लागि संसदीय समितिले डाक्यो प्रधानमन्त्री देउवालाई

काठमाडौं : अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे थप छलफल गर्न संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको छ। समितिले मंगलवार असार ७ गते थप छलफलका लागि प्रधानमन्त्री देउवालाई बोलाएको सभापति पवित्रा निरौलाले बताइन्।

एसपीपी सम्झौता विवादमा तानिएपछि शुक्रवार समितिले प्रधान सेनापति प्रभुराम शर्मा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग छलफल गरेको थियो। छलफलमा सांसदहरुले प्रधान सेनापतिलाई बोलाउनै नहुने जस्ता कुरा राखेपछि निरौलाले भ्रमणमा हुन लागेको विषय अझै प्रष्ट भएकोले प्रधानमन्त्रीलाई डाकिएको बताइन्।

'परराष्ट्र नीति सम्बन्धी उपसमिति पनि बनेको छ। मन्त्रीबाट एसपीपीबारे प्रस्ट ढंगले संसदमा आएको थिएन। एउटा समिति बनाएर जाने हो को भन्ने कुरा छ,' सभापति निरौलाले भनिन्, 'भ्रमणमा के हुन लागेको हो। समितिले जानकारी पाए राम्रो। ७ गते प्रधानमन्त्रीलाई पनि बोलाएका छौ।'

गम्भीर विषय भएकाले नै बैठक राखिएको उनले बताइन्। 'हामी अनविज्ञ भए अरुलाई कसरी प्रस्ट पार्ने? गम्भीर विषय भएकाले बैठक बसेका हौं,' उनले थपिन्, 'त्यतिकै बैठक बसेको होइन। खोतल्न आवश्यक छ भने खोतल्न पर्‍यो। राष्ट्र बलियो बनाउने कुरामा अघि बढौं। सेनापतिलाई बोलाएर कारवाही गर्नका लागि बोलाएका होइनौं। आधिकारिक धारणाका बलागि बोलाएका हौं।'

बैठकमा कांग्रेस नेतृ सुजाता कोइरालाले सेनापतिलाई बोलाएर कारबाही गरेजस्तो भएको आरोप लगाएकी थिइन्। उनले भनेकी थिइन्, 'सेनापतिलाई राखेर कारवाही गरेजस्तो भयो। इन्टरनेसनल्ली पनि राम्रो भएन सेनापतिलाई। के हाम्रो काम छैन् यसैमा छलफल गरिराख्ने?'

बैठकमा सांसद रेनुका गुरुङले पनि सेनाप्रति शंका गर्न नहुने बताएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell