PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

प्रधानमन्त्रीको अमेरिका भ्रमणको मिति तय भएको छैन, छलफलमात्रै भएको हो : परराष्ट्रमन्त्री खड्का



पहिलोपोस्ट

प्रधानमन्त्रीको अमेरिका भ्रमणको मिति तय भएको छैन, छलफलमात्रै भएको हो : परराष्ट्रमन्त्री खड्का

काठमाडौं : परराष्ट्रमन्त्री नारायण खडकाले प्रधानमन्त्री शेरबहादुरले परराष्ट्र नीतिमा विचलन नआएको बताएका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आएको छलफलमा सांसदहरुले पराराष्ट्र नीतिमाथि प्रश्न उठाएपछि उनले स्पष्टीकरण दिएका हुन्।

‘परराष्ट्र नीति विचलन भएको छैन भनेर प्रतिवद्दता जनाउन चाहन्छु। सन्तुलित कसरी राख्ने मन्त्रालयले जानकारी राख्छ। विगतका सरकारका पालामा पनि थुप्रै खालका कार्यक्रम भए। नीति धेरै परिवर्तन गर्ने भन्ने हुँदैन। जनताको हितमै हामी काम गर्छौ,’ उनले भने।

पक्षपाती भएर आफूहरुले काम नगरेको उनले बताए। भने, ‘हामीले बायस्ड भएर हेर्न थाल्यौं भने डिस्ट्रोइ हुन सक्छ।’

अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) अघि नबढ्ने भनेर उनले फेरि समितिलाई जानकारी गराएका थिए। अन्तर्राष्ट्रिय परिस्थितिहरु विभिन्न समयमा परिवर्तन भइरहने भन्दै उनले एसपीपी पनि त्यसरी नै परिमार्जित भइरहेको बताए।

‘२०१५ मा आउँदा इण्डोप्यासोफिक कुरा जोडिएको थिएन। त्यो बेला सहयोग थिएन। २०१९ पछि इण्डोप्यासफिक कुरा अयो। प्रदिप ज्ञवालीले किन होल्डमा राख्नु भयो। हामीले अगाडी नबढाउने भनिसक्यौं। २०१९ पछिको सरकारले ‍अगाडि बढाएको छैन।’

खड्काले नेपालले कुनै सैन्य साझेदारी नगर्ने भन्दैयसबारेमा थप खोतलखातल गर्ने भए आफ्नो आपत्ति नहुने समेत बताए। सांसदहरुले एसपीपीबारे छानबिन समिति गठनको माग गरेपछि उनले यस्तो बताएका हुन्।

खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणको टुंगो अहिलेसम्म नलागेको समेत बताए। अमेरिका जानेबारेमा हाल छलफलमात्रै भएको भन्दै उनले यसै कार्यक्रम रोकियो भनेर भन्दा सन्देश राम्रो नजाने बताए।

‘भेटघाटको अन्तिम टुंगोमा पुगेको छैन। तर जानै हुँदैन, भेटघाट गर्नै हुदैन भन्ने जुन कुरा छ। प्रधानमन्त्री त्यतिकै जाने कुरा हुने भए, राष्ट्रहितका कुरामा कामहरु हुने भए, रोकियो भन्दा त्यसको मेसेज पनि राम्रो हुन्न। जाने कहिले भन्ने मिति तय हुन बाँकि छ। छलफल मात्रै भएको हो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell