PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

प्रतिबन्धित भारतीय रुपैयाँ लिएर दिल्ली जान लागेका युवक विमानस्थलमा समातिए



पहिलोपोस्ट

प्रतिबन्धित भारतीय रुपैयाँ लिएर दिल्ली जान लागेका युवक विमानस्थलमा समातिए

काठमाडौं : प्रतिबन्धित भारतीय रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। बिहीवार नेपाल एयरलाइन्सबाट काठमाडौंदेखि भारतको दिल्ली जान लागेका तनहुँको ब्याँस नगरपालिका वडा नम्बर १२ घर भएका रञ्जन पाण्डेलेलाई नियन्त्रणमा लिएको हो।

पाण्डेले बोकेको ह्‍याण्ड ब्यागलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा चेक गर्ने क्रममा  ब्यागभित्र प्रतिबन्धित गरिएको भारतीय रुपैयाँ भेटिएको हो। उनको साथबाट ३ लाख ९३ हजार ६ सय ५० रुपैयाँ भेटिएको प्रहरीले जानकारी दिएको छ।

थप अनुसन्धानको लागि युवकलाई राजश्व अनुसन्धान विभाग बुझाएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell