
बुटवल : प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आज त्यस तर्फ उडेका थिए। प्रधानमन्त्री देउवा सेनाको हेलिकोप्टरमा धनगढी उडेका थिए।
तर, धनगढी नपुग्दै देउवा सवार हेलिकप्टरमा इन्धन भर्नको लागि भन्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर अवतरण भएको थियो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले प्रधानमन्त्री देउवा सवार हेलिकप्टर इन्धन भर्नको लागि गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको जानकारी दिए।
‘अरु केही समस्या भएर होइन, लङ रुट भएकाले हेलिकप्टर यहाँ अवतरण गरी इन्धन भरेको हो,’ एसपी रेग्मीले भने।
प्रधानमन्त्री देउवा एयरपोर्टमा करिब । एयरपोर्टमा रूपन्देही कांग्रेसका जिल्ला स्तरीय नेताहरूले प्रधानमन्त्री देउवासँग भेटघाट गरेका थिए।