PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रतिनिधिसभामा तीन विधेयक पेश



पहिलोपोस्ट

प्रतिनिधिसभामा तीन विधेयक पेश

काठमाडौं : प्रतिनिधिसभामा विभिन्न तीन विधेयक पेश भएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ पेश गरेका हुन्।

बैठकमा प्रतिनिधिसभाको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बिमा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell