PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

जुन २३ देखि नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव



पहिलोपोस्ट

जुन २३ देखि नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२२’ असार ९ गते देखि १२ गते (जुन २३ देखि २६) सम्म संचालन हुन भएको छ। अमेरिकाको म्यारिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको फेस्टिभल भौतिक तथा अनलाइन (भर्चुअल) माध्यमबाट हुनेछ।

महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १२ देशका ३८ वटा चलचित्रहरु प्रदर्शन हुनेछन्। जुन २३ मा पुरानो ग्रीन्बेल्ट थिएटरमा विक्रम सापकोटाद्वारा निर्देशित फिल्म ‘हल्करा’को भौतिक प्रदर्शनबाटै महोत्सवको उद्घाटन हुने बताइएको छ।

२६ जुन अर्थात चलचित्र महोत्सवको समापनको साँझ निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको लघु चलचित्र ‘द लिप रिडर’बाट देखाइनेछ।

विगतका वर्षहरु जस्तै ग्लोबल पिस फिल्म फेस्टिवलको सहकार्यमा २ वटा चलचित्र प्रदर्शन हुनेछन। त्यस्तै, स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न  डीएमभी (डी, मेरिल्याण्ड, र भर्जिन्या) क्लोज उप प्रदर्शन गरिनेछ।

प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि चल्नेछन्। महोत्सवमा यस वर्षको कान्स फिल्म फेस्टिवलमा पुगेका निर्देशक अविनाश विक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग पनि ‘भर्चुअल’ रुपमा कुराकानी गरिनेछ। प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell