PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

सांसदले भन्ने, सभामुखले सुुन्ने काम मात्र भयो : गोपालबहादुर बम



पहिलोपोस्ट

 सांसदले भन्ने, सभामुखले सुुन्ने काम मात्र भयो : गोपालबहादुर बम

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको समाधान गर्ने तर्फ कुनै काम नभएको गुनासो गरेका छन्। बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै समस्या सुनुवाइ नभएको बताएका हुन्।

मुगुबाट निर्वाचित बमले आफूले आफ्नो क्षेत्रको विषय जहिलै उठाइरहेको भए पनि सरकारले ध्यान नदिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए।

‘ठूला नेताले शून्य समयमा बोलेका कुरा कार्यान्वयन भए-नभएको थाहा छैन। म चार वर्षदेखि आफ्नो दुर्गम र हिमाली जिल्लाको सिँचाइ, सडक, खानेपानी, कारागार, विद्युत लगायतका बारेका समस्या शून्य समयमा भन्दै आएको छु तर, कुनै पनि कार्यान्वयन भएको छैन’, उनले भने, ‘शून्य समय सांसदले भनिराख्ने र सभामुखले सुनिराख्ने हो कि सरकार, सम्बन्धित मन्त्री र निकायले सुनेर कार्यान्वयन गर्ने हो?’

उनले शून्य समयमा सांसदले बोलिराख्ने र सभामुखले सुनिराख्ने हो भने संसद्को मर्यादा नहुने बताए। सांसदले शून्य समयमा बोलेका कुराको रेकर्ड हेर्न लगाएर सम्बन्धित मन्त्री र निकायलाई सभामुखले कार्यान्वयनका लागि निर्देशन दिन उनले माग गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell