PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

फिल्म ‘चिसो मान्छे’ टिमले स्वस्तिमाका लागि राखे सुरक्षा गार्ड



पहिलोपोस्ट

फिल्म ‘चिसो मान्छे’ टिमले स्वस्तिमाका लागि राखे सुरक्षा गार्ड

काठमाडौं : आजबाट देशैभर फिल्म ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ। ‘चिसो मान्छे’को हल भिजिटमा जाँदा मुख्य कलाकार स्वस्तिमाका लागि निर्माण टिमले सुरक्षा गार्डको व्यवस्था गरेको हो। बिग मुभिजमा भएको प्रेस शोमा स्वस्तिमा सुरक्षा गार्डसँगै देखिएकी छिन्।

‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरमाथि हलमा दुर्व्यवहार भएपछि स्वस्तिमाका लागि सुरक्षा गार्ड राखेको फिल्मकी निर्माता शर्मिला पाण्डेले बताइन्।

‘मिरुना प्रकरणपछि सचेत भएर स्वस्तिमाका लागि सुरक्षा गार्ड राखेकी हुँ। कलाकार भएपछि हलमा फोटो खिच्न खोज्छन्, ठेलमठेल हुन्छ। मलाई लफडा मन पर्दैन। जसकारण हल भिजिटभर स्वस्तिमाका लागि दुईजना सुरक्षागार्ड राखेकी हुँ,’ उनले भनिन्।

गत महिना एक युवकले आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ अभिनेत्री मिरुना मगरले आरोप लगाएकी थिइन्। उनले प्रहरीमा उजुरी दिएपछि युवक पक्राउ समेत परेका थिए। दुवैबिच सहमति भएपनि यो मुद्धा सेलाएन। सिक्किम सरकारले फिल्मको प्रदर्शनमा रोक लगाएको छ।

शर्मिला पाण्डेको लगानी रहेको फिल्म ‘चिसो मान्छे’मा दीपेन्द्र के खनालको लेखन, छायाङ्कन र निर्देशन रहेको छ। फिल्ममा स्वस्तिमाका साथै अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell