PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मंकिपक्स आशंका गरिएको व्यक्तिमा कुष्ठरोग पुष्टि



पहिलोपोस्ट

मंकिपक्स आशंका गरिएको व्यक्तिमा कुष्ठरोग पुष्टि

काठमाडौं : स्वास्थ्य मन्त्रालयले एक व्यक्तिमा कुष्ठरोग पुष्टि भएको जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले ६ ठाउँमा स्लिट स्किन स्मियर परीक्षण गर्दा आँखा र कानको ६ वटा नमुनामा कुष्ठरोग भेटिएको जनाएको हो।

कुष्ठरोग पुष्टि हुनेमा २६ वर्षीय पुरुष रहेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कमा खटाइएका स्वास्थ्यकर्मीले असार २ गते एक पुरुषलाई विशेष परामर्शका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र पठाएको थियो। सुरुमा उनमा मंकिपक्सम भाइरसको शंका गरिएको थियो।

मन्त्रालयले हालसम्म २९ वटा देशमा मंकिपक्स देखापरेको र १ हजारभन्दा बढी संक्रमित भइसकेको जनाएको छ। नेपालमा हालसम्म मंकिपक्सका कुनै पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विश्वव्यापी रुपमा बढ्दै गएको मंकिपक्स संक्रमणबारे सचेत र सतर्क अवस्थामा रहेको जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell