PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

स्वास्थ्य बीमा बोर्डले दिएन रकम, शिक्षण अस्पतालले स्थगित गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम



पहिलोपोस्ट

स्वास्थ्य बीमा बोर्डले दिएन रकम, शिक्षण अस्पतालले स्थगित गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ।

अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले आज सूचना जारी गर्दै सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताए।

‘यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवा गरेवापतको रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएकाले असार १५ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ’, सूचनामा भनिएको छ।

अस्पतालले २०७७ साल मङ्सिरदेखि स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्दै आइरहेको थियो।

सरकारले स्वास्थ्य बीमा कार्यक्रम संचालन गरे पनि त्यसको प्रभावकारिताबारे प्रश्न बेलाबेलामा ‍उठ्ने गरेको छ। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको रकम उपलब्ध नगराएकाले गुनासो यसअघि पनि सार्वजनिक भएको थियो। जसकारण बीमा सेवा प्रभावित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell