PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

मन्त्री प्रेम आलेको 'कम्पलेन' गरेर वायुसेवा संचालक संघले प्रधानमन्त्रीलाई लेख्यो पत्र



पहिलोपोस्ट

मन्त्री प्रेम आलेको 'कम्पलेन' गरेर वायुसेवा संचालक संघले प्रधानमन्त्रीलाई लेख्यो पत्र

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मनलाग्दी निर्णय गरेको भन्दै वायुसेवा संचालक संघले प्रधानमन्त्री शेरबहादुर देउवा गुहारेका छन्।

मन्त्री आलेले नेपालमा आयात गरिने जहाजको प्रकार अनुसार पाँच वर्ष समयावधि घटाउने निर्णय गरेसँगै संघले प्रधानमन्त्री देउवालाई पत्र लेखेको हो। पत्रका उनीहरुले आलेको निर्णय कार्यान्वयन हुनबाट रोक्न आग्रह गरेका छन्।

आलेले प्रेसराइज अन्तर्गतका जहाज १० वर्ष र नन-प्रेसराइजको हकमा १५ वर्ष पुरानो जहाज मात्र ल्याउन पाइने प्रावधान लागु गरिने संसदमा बताएका थिए। अति संवेदनशील विषयमा मन्त्री आलेले विज्ञको राय सल्लाह सुझाव नलिई मनलाग्दी निर्णय गर्न खोजेको संघको आरोप छ।

अहिले प्रेसराइजका लागि १५ वर्ष र नन प्रेसराइजका लागि २० वर्ष पुरानो जहाज भित्र्याउन सकिने व्यवस्था छ। हाल उडान गर्दै आएका कम्पनीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड पालना गर्दै सेवा दिँदै आएको जनाएका छन्।

हाल फिक्स विङसतर्फ बुद्ध, यती, श्री, सौर्य, गुण, सीता, तारा , समिटले सेवा दिँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell