PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यी तीन देशले आयोजना गर्नेछन् सन् २०२६ को विश्वकप फुटबल



पहिलोपोस्ट

यी तीन देशले आयोजना गर्नेछन् सन् २०२६ को विश्वकप फुटबल

फिफाले विश्वकप फुटबल २०२६ को आयोजना गर्ने देशहरु सार्वजनिक गरेको छ। सन् २०२६ मा हुने विश्वकप फुटबल तीन देशमा आयोजना हुनेछन्।

सो विश्वकप अमेरिकाका ११ शहरका साथै मेक्सिकोका तीन र क्यानडाका दुई भेन्यूमा आयोजना हुने फिफाले बिहीवार बताएको हो।

विश्वकप आयोजना गर्ने १६ शहरहरूमा एटलान्टा, बोस्टन, डलास, ग्वाडालाजारा, ह्युस्टन, क्यान्जस सिटी, लस एन्जलस, मेक्सिको सिटी, मायमी, मोन्टेरे, न्यूयोर्क/न्यू जर्सी, फिलाडेल्फिया, सान फ्रान्सिस्को, सिएटल, टोरन्टो र भ्यानकुभर रहेका छन्।

फिफाका अधिकारीहरूले आगामी दिनमा १६ मध्ये कुन शहरले समूह खेलहरू आयोजना गर्ने र कुनले एलिमिनेशन राउन्ड खेलहरू आयोजना गर्ने भन्ने निर्णय गर्नेछन्।

२०२६ मा हुने पुरुष विश्वकपमा पहिलो पटक ४८ वटा टोलीहरू सहभागी हुनेछन् भने पहिलो पटक नै विश्वकप तीन देशहरूमा खेलाउन लागिएको हो।

अमेरिकाले दोस्रो पटक विश्वकप आयोजना गर्न लागेको हो। यसअघि सन् १९९४ मा पहिलो पटक अमेरिकाले विश्वकप आयोजना गरेको थियो। सन् १९७० र १९८६ मा आयोजना गरेको मेक्सिकोले तेस्रो पटक विश्वकप आयोजना गर्न लागेको छ। क्यानडाले भने पहिलो पटक पुरुष विश्वकप फुटबलको आयोजना गर्दैछ। यद्यपि, सन् २०१५ मा क्यानडाले महिला विश्वकप भने आयोजना गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell