PahiloPost

Sep 1, 2026 | १६ भदौ २०८३

प्रधानमन्त्रीविरुद्ध नारा लगाउँदै अनेरास्ववियुले जलायो अर्थमन्त्रीको पुतला

प्रधानमन्त्रीविरुद्ध नारा लगाउँदै अनेरास्ववियुले जलायो अर्थमन्त्रीको पुतला

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्वरवियू)ले अर्थमन्त्री जनार्दन शर्माको पुतला दहन गरेको छ। आज प्रदशर्नीमार्गमा अनेरास्वियूले विरोध प्रदर्शन गर्दै पुतला जलाएको हो।

इन्धनको मूल्यवृद्धि, बजेट निर्माण प्रक्रियामा बहिरि व्यक्ति संलग्न गराएको र देशको अर्थतन्त्र बिगारेको आरोप लगाउँदै उनीहरु प्रदर्शनमा उत्रेका थिए। प्रदर्शनकारीहरुले अमेरिकासँगको स्टेट पार्टजरशिप प्रोग्राम (एसपपी) को पनि विरोध गरेका थिए।

प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध पनि नारा लगाएका थिए।  



ट्रेन्डिङ पोस्ट

Ncell