PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

वीरगंजमा प्रदेश स्तरीय जुडो प्रतियोगिता सुरु



पहिलोपोस्ट

वीरगंजमा प्रदेश स्तरीय जुडो प्रतियोगिता सुरु

वीरगंजः वीरगंजमा प्रथम मधेश प्रदेश स्तरीय जुडो प्रतियोगिता सुरु भएको छ। अडिअर्वा नजिकै कभर्ड हलमा प्रतियोगिता सुरु भएको हो।

८ जिल्लाका खेलाडीको सहभागिता रहेको प्रतियोगिता शनिबारसम्म चल्ने छ। प्रतियोगितामा पुरुषतर्फ ६०, ६६, ७३, ८१, ९० र १०० किलो तथा महिलातर्फ ४८, ५२, ५७, ६३, ७८ किलो तौल समूहमा प्रतिस्पर्धा हुने छ।

शुक्रबार भएको खेलमा पुरुषतर्फ ६० किलोमा अर्जुन पटेल, ६६ किलोमा अजय राम, ८१ किलोमा राधेश्याम पटेल, ९० किलोमा मुकेश ठाकुर, १०० किलोमा हिमांशु गुप्ता प्रथम भएको छन्।

७३ किलो तौल समूहको खेल शनिबार हुने आयोजकले जनाएको छ।

महिलातर्फ ४८ किलोमा गीता थापा, ५२ किलोमा रुक्साना खातुन, ५७ किलोमा रिंकु प्रजापति, ६३ किलोमा खुसी गुप्ता, ७८ किलोमा उषा थापा प्रथम भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell