PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

बारामा ७२ वर्षीय वृद्धको हत्या अभियोगमा बजरंगी पक्राउ



पहिलोपोस्ट

बारामा ७२ वर्षीय वृद्धको हत्या अभियोगमा बजरंगी पक्राउ

वीरगंजः बारामा व्यक्ति हत्‍याको घटनामा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कलैया ९ बस्ने ३१ वर्षीय बजरंगी साह तुरहा रहेका छन्। ७२ वर्षीय अहमद मियाँ चुडिहारको हत्या अभियोगमा पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता डिएसपी राजेश दत्तले जानकारी दिए।

जेठ २६ गते राति साढे ८ बजेको समयमा आँपको बगैंचामा फुसको छाप्रोमा सुतिरहेको अवस्थामा चुडिहारको हत्या भएको थियो। जेठ २७ गते शव फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell