PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

देशभर मनसुनी वायुको सामान्य प्रभाव, यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा



रासस

देशभर मनसुनी वायुको सामान्य प्रभाव, यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा
फाइल फोटो।

काठमाडौं : हाल देशका प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, मधेश र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, मधेश र वाग्मती प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ।

राजधानी काठमाडौंमा बिहानैदेखि पारिलो घाम लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell