PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

बाढीका कारण भारत र बंगलादेशमा कम्तीमा २५ जनाको मृत्यु, लाखौँ मानिस विस्थापित



पहिलोपोस्ट

बाढीका कारण भारत र बंगलादेशमा कम्तीमा २५ जनाको मृत्यु, लाखौँ मानिस विस्थापित
Photo: Anupam Nath/AP

उत्तर-पूर्वी भारत र बंगलादेशमा बाढीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। बाढीले लाखौँ घरहरू डुबाएको त्यहाँका अधिकारीहरूलाई उदृत गर्दै द गार्डियनले उल्लेख गरेको छ।

भारतको आसाम राज्यमा बाढीका कारण कम्तीमा ९ जनाको मृत्यु भएको र २० लाख मानिसहरु विस्थापित भएको सो राज्यको विपद् व्यवस्थापन निकायले जनाएको छ। बंगलादेशका केही भागमा शुक्रवार चट्याङ लागेर ९ जनाको मृत्यु भएको छ।

दुवै देशले बाढीमा उद्धारको लागि मद्दत गर्न सेनालाई आग्रह गरेका छन्। वर्षा अझै जारी रहने भएकाले ति स्थानहरुमा बाढी अझ खराब हुन सक्ने अनुमान गरिएको छ।

एसियाकै सबैभन्दा ठूला नदीहरूमध्येको एक ब्रह्मपुत्रले तटबन्धहरू तोडेर आसामका ३३ जिल्लाहरूमध्ये २८ जिल्लाका ३ हजार गाउँमा पसेर जमिन डुबानमा परेको बताइएको छ।

भारतमा विगत पाँच दिनदेखि परेको अविरल वर्षाका कारण धेरै रेल सेवाहरू स्थगित गरिएका छन्। दक्षिणी आसामको हाफ्लोङ शहरमा रेलवे स्टेशन डुबानमा परेको छ भने बाढीले रेल ट्र्याकहरूमा माटो र ग्राबेल जम्मा गरेको छ।

बंगलादेशमा भारतीय सीमा नजिकका जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। राजधानी ढाकास्थित बाढी पूर्वानुमान तथा चेतावनी केन्द्रका अनुसार देशभरका सबै प्रमुख नदीहरूमा पानीको सतह बढेको छ। बंगलादेशमा लगभग १३० नदीहरू छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell