PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा कांग्रेसका चापागाईं विजयी



पहिलोपोस्ट

जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा कांग्रेसका चापागाईं विजयी

बुटवल : जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमाकान्त चापागाईं विजयी भएका छन्। शनिवार सम्पन्न भएको निर्वाचनमा चापागाईंले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर घर्ती मगरलाई पराजित गर्दै प्रमुखमा विजयी भएका हुन्।

चापागाईंले २० मत प्राप्त गरी विजयी हुँदा एमालेका घर्ती मगरले १२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उपप्रमुखमा लोसपाका रामकृपाल धोबी विजयी भएका छन्। उनले १६ मत प्राप्त गरी विजयी हुँदा एमालेकी पवित्रादेवी श्रेष्ठले १५ मत पाइन्।

त्यस्तै, सदस्यहरुमा कांग्रेसबाट बिष्णुमाया सुवेदी जयसवाल, राजमन प्रसाद हरिजन, अब्दुल मोकिम मुसलमान, ऋषिराम बस्याल, लोसपाबाट मुकेश कुमार पाण्डे, बुधनी चमार विजयी भएका छन्। माओवादी केन्द्रबाट मन्जु परियार विजयी भएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell