PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

महिला उत्पीडनविरुद्ध माइतीघरमा खबरदारी आन्दोलनमा उत्रिए युवा

महिला उत्पीडनविरुद्ध माइतीघरमा खबरदारी आन्दोलनमा उत्रिए युवा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : महिलामाथि भएका यौन हिंसा तथा दुर्व्यवहारका घटनाहरु पछिल्लो समय बाहिर आएका छन्। पीडितहरु आफूमाथि भएका यौन हिंसा तथा दुर्व्यवहारबारे खुल्न थालेका छन्।

‘मी-टू’ अभियानले पनि पीडितहरुलाई आफूमाथि घटेको घटनाबारे बोल्ने उत्साह दिएको छ। पीडितहरु खुल्न थालेपछि प्रहरी प्रशासनलाई पनि यसबारे ‘एक्सन’ लिन दबाब बढेको छ।

यस्तोमा आज महिला उत्पीडनविरुद्ध युवा खबरदारी आन्दोलनमा उत्रिएका छन्। माइतीघरमा यौन हिंसा तथा दुर्व्यवहारविरुद्ध युवा आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनको आयोजना आजाद मोर्चाले गरेको थियो। सो क्रममा सडक बहस, पर्फमेन्स आर्ट, गीत र कविताको माध्यमबाट युवाले खबरदारी गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell