
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ५ सय ३४ जनामा परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको हो।
त्यस्तै, सोही अवधिमा ११ जना संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको संख्या १ सय ४ रहेको मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या भने शून्य रहेको छ। अहिलेसम्म कोरोना संक्रमणबाट देशभर ११ हजार ९ सय ५२ जनाको मृत्यु भइसकेको छ।