PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

संसदीय समितिको बैठकमा जवाफ दिन आइपुगेनन् प्रधानमन्त्री देउवा



प्रकाश भण्डारी

संसदीय समितिको बैठकमा जवाफ दिन आइपुगेनन् प्रधानमन्त्री देउवा
फाइल फोटो

काठमाडौं : अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) विवादबारे छलफलका लागि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक शुरु भएको छ। शुक्रवार प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएर समितिले यसबारे सेनाको धारणा बुझेको थियो।

सोही बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि एसपीपीबारे सरकारको धारणा राखेका थिए। समितिले यसबारे थप छलफलका लागि आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको बताइएको थियो। समितिकी सभापति पवित्रा निरौलाले शुक्रवारको बैठकमा प्रधानमन्त्री देउवालाई आइतवार बोलाउने बताएकी थिइन्।

यद्यपि देउवा समितिको बैठकमा उपस्थित भएनन्। बैठकमा नेपालको परराष्ट्रनीति कार्यान्वयनको सन्दर्भमा र प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको सम्बन्धमा छलफल हुने बताइएको छ। परराष्ट्र मन्त्री खड्काले देउवाको अमेरिका भ्रमण तय भइनसकेकोले आजको कार्यक्रममा उपस्थित नहुने यसअघि नै बताएका थिए।

प्रधानमन्त्री देउवाले यसअघि पनि संसद छल्दै आएका छन्। अमेरिका भ्रमणबारे जानकारी दिन सदनमा सांसदहरुले प्रधानमन्त्रीसँग माग गरेका थिए। संसदमा जवाफ दिने दिन तोकिँदा पनि देउवाले जवाफ दिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell