PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

मोटरसाइकल चोरीमा समातिएका युवकको कोठा सर्च गर्दा पेस्तोल भेटियो



पहिलोपोस्ट

मोटरसाइकल चोरीमा समातिएका युवकको कोठा सर्च गर्दा पेस्तोल भेटियो

काठमाडौंः मोटरसाइकल चोरीको अनुसन्धान गर्ने क्रममा पक्राउ गरेका एक युवकको कोठा खानतलासी गर्दा पेस्तोल भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाइकल चोरी गरेको अभियोगमा मोरङ बुढिगंगा गाउँपालिका वडा नम्बर ६ बस्ने ३२ वर्षीय विनोद चौधरीकोलाई पक्राउ गरेको थियो। चोरीको घटना अनुसन्धान गर्दा सुनसरी दुहबी नगरपालिका वडा नम्बर-३ स्थित डेरा कोठामा खानतलासीको चाइनिज पेस्तोल फेला गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

त्यस्तै पेस्तोलको म्याग्जिन १ थान, गोली एक राउन्ड बरामद गरेको छ। विगत एक महिनाको अवधिमा मोटरसाइकल चोरीमा संलग्न १६ जना मानिसहरू पक्राउ र २१ थान मोटरसाइकल समेत बरामद गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell