PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

युद्धग्रस्त 'फ्रन्टलाइन' शहरहरुको निरीक्षणमा पुगे युक्रेनी राष्ट्रपति जेलेनस्की



पहिलोपोस्ट

युद्धग्रस्त 'फ्रन्टलाइन' शहरहरुको निरीक्षणमा पुगे युक्रेनी राष्ट्रपति जेलेनस्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युद्धग्रस्त दक्षिणी क्षेत्रको भ्रमणमा पुगेका छन्। युक्रेनी सेनाले रसियाली सेनालाई उक्त स्थानमा पछि धकेल्न सफल भएपछि जेलेन्स्की ‘साउथ्रर्न फ्रन्टलाइन’ पुगेका हुन्।

उनले मिकोलिभ शहरमा ध्वस्त बनेका भवनहरुको निरीक्षण गर्नुका साथै सैनिक, सरकारी अधिकारी र स्वास्थ्यकर्मीसँग भेट गरेका थिए। उनी रसियाले युद्ध सुरु भएयता ‘सिलिङ’ गरिरहेको ओडेसा शहरसमेत पुगेका थिए।

पछिल्लो समय जेलेनस्कीले युरोपियन नेताहरुको भेटलाई तीव्र बनाएका छन्। बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, फ्रान्सका राष्ट्रपति इम्यानुल माक्रोन लगायतका नेताहरु केहीदिन अघिमात्रै कीभ पुगेका थिए। उनीहरुसँगको भेटपछि जेलेन्स्की पहिलोपटक युद्धग्रस्त दक्षिणी राज्यहरुमा पुगेका हुन्।

युक्रेन र रसियाबिच युद्ध भएको ११५ दिन पुगिसकेको छ। यसक्रममा ७७ लाख भन्दा बढीले युक्रेन छाडिसकेका छन्। यसरी पलायन हुनेहरुमा सबैभन्दा बढी युक्रेनी पोल्यान्ड पुगेका छन्। त्यहाँ ४० लाख भन्दा युक्रेनीहरु शरणलिन पुगेका छन्। रसियामा १२ लाख ३० हजारभन्दा बढी युक्रेनी शरण लिन पुगेका छन्।

हाल जेलेन्स्की पुगेका शहरहरु रसियाको निरन्तर ‘टार्गेट’मा रहेका छन्। यी शहर खेरशनभन्दा १०० किलोमिटरमात्र टाढा रहेको छ। खेरशनलाई युद्ध सुरु भएको केहीदिनमा नै रसियाली सेनाले कब्जामा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell