PahiloPost

Oct 1, 2024 | १५ असोज २०८१

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला, कस्ता व्यक्तिले पाउँछन् आवेदन दिन?



पहिलोपोस्ट

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला, कस्ता व्यक्तिले पाउँछन् आवेदन दिन?

काठमाडौं : चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सरकारले आवेदन खुला गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गोरखापत्रमा एक सूचना निकाल्दै बोर्डको अध्यक्ष पदका लागि आवेदक माग गरेको हो।

योग्यता पुगेका नेपाली नागरिकले बोर्डको अध्यक्षका लागि आवेदन दिनसक्ने सूचनामा उल्लेख गरिएको छ। इच्छुक व्यक्तिहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्नु पर्ने बताइएको छ। अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने छ।

आवेदकले स्नातक तह उतीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रुपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रुपमा कम्तिमा २० वर्ष काम गरेको हुनुपर्नेछ।

केही दिनअघि मात्र बोर्डका अध्यक्ष रहेका दयाराम दाहालको कार्यकाल सकिएको थियो। जसकारण सरकारले नयाँ कार्यकालका लागि अध्यक्ष पदको आवेदक माग गरेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell