PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

फ्रान्समा संसदीय निर्वाचन : राष्ट्रपति माक्रोनलाई ‘टफ ब्याटल’, बहुमत पाउँलान्?



पहिलोपोस्ट

फ्रान्समा संसदीय निर्वाचन : राष्ट्रपति माक्रोनलाई ‘टफ ब्याटल’, बहुमत पाउँलान्?
Photo : Reuters

फ्रान्समा आज संसदीय निर्वाचन हुँदैछ। यो निर्वाचनमा वर्तमान राष्ट्रपति इम्यानुल माक्रोनले आफूले चाहे जसरी सरकार संचालनका लागि बहुमत ल्याउन कडा चुनौतीको सामना गर्नुपर्ने अनुमान गरिएको छ।

गत अप्रिलमा भएको निर्वाचनमा माक्रोन फ्रान्सको राष्ट्रपति पदमा पुन: निर्वाचित भएका थिए। मारिन ले पेनलाई पराजित गर्दै माक्रोन फेरि राष्ट्रपति बनेका थिए। अवकाशको उमेर बढाउने तथा प्रो बिजनेस एजेन्डा र युरोपियन युनियनको एकताको मुद्धा उठाएका माक्रोन विजयी भएका थिए। तर, आजको निर्वाचनले फ्रान्सेली राजनीतिको अनुहारको परिवर्तन हुन सक्ने रोयटर्सले उल्लेख गरेको छ।

एक सर्वेक्षणका अनुसार माक्रोनको पार्टीले धेरै सिट जित्ने देखिए पनि बहुमतका लागि चाहिने २८९ 'थ्रेसहोल्ड' भने कटाउन नसक्ने जनाएको छ।ओपिनियन पोलहरुमा पनि ‘फार राइट’ हरुले ‘सेन्ट्रिस्ट’ माक्रोनलाई पराजित गर्ने देखिएको छ। लेफ्ट ग्रिन गठबन्धन संसदको सबैभन्दा ठूलो विपक्षी बन्ने र कन्जर्भेटिभ ‘किंगमेकर’ हुने अनुमान गरिएको छ।

माक्रोनको पार्टीले बहुमत ल्याउन सकेको खण्डमा फ्रान्सको राजनीतिमा ‘अनिश्चितता’ उत्पन्न हुने स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। यस्तो अवस्थामा पार्टीहरुबिच शक्ति बाँडफाँट गरेरमात्रै राजनीतिक संकटको समाधान निस्किने जनाइएको छ।

बहुमत नआएको खण्डमा माक्रोनको पार्टीले कन्जर्भेटिभहरुसँग गठबन्धन गरेर सरकार संचालन गर्न सक्ने अनुमान गरिएको छ। यदि बहुमत ल्याए माक्रोनले आफ्नै इच्छाले सरकार संचालन गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell